नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज कतारसँग अन्तिम तथा तेस्रो टी–ट्वान्टी क्रिकेट खेल्दैछ ।
कतार भ्रमणमा रहेको नेपालले घरेलु टोलीसँग अन्तिम तथा तेस्रो टी–ट्वान्टी क्रिकेट खेल्न लागेको हो । खेल दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा दिउँसो पौने ४ बजे सुरु हुनेछ । तीन खेलको सिरिज नेपालले यस अघि नै जितिसकेको छ । तर, नेपाल तेस्रो खेल समेत जित्दै सिरिज ३–० ले आफ्नो पक्षमा पार्न चाहन्छ । नेपालले अस्ति मंगलबार भएको पहिलो खेलमा कतारलाई १ सय १९ रनले हराएको थियो ।
यस्तै हिजो भएको दोस्रो खेलमा ६१ रनको जित निकालेको थियो । आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेलिरहेको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ