काठमाडौं, ३ मंसिर।नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतमा आयोजना हुने ‘फोर नेसन्स वुमन्स फुटबल टुर्नामेन्ट’ खेल्ने भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालले उक्त प्रतियोगिता खेल्ने जानकारी गराएको हो ।
प्रतियोगिता २३ मंसिरदेखि ६ पुससम्म ( ९-२१ डिसेम्बरसम्म) हुनेछ । यसबारे थप जानकारी भने गराइएको छैन । नेपालले पछिल्लो पटक एसियन कप छनोट खेलेको थियो । तर नेपाल दोस्रो चरणमा स्थान बनाउन असफल भयो । एसियन कप आयोजना गर्न लागेको भारतले त्यसअघि तयारीस्वरूप ‘फोर नेसन्स वुमन्स फुटबल’ प्रतियोगिता गराउन लागेको हो । त्यसअघि भारतीय महिला टोलीले ब्राजिलमा हुने ‘फोर नेसन्स वुमन्स फुटबल’ मा सहभागिता जनाउनेछ । प्रतियाेगितामा ब्राजिल, चिली र भेनेजुयलाको सहभागिता रहनेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ