सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

ओमगा खेलकुद सप्ताह २०७४ सम्पन्न

प्रकाशित समय: मगलवार, ०५ : २४ बजे पुष २५ गते



ओमगा खेलकुद सप्ताह २०७४ सम्पन्न

ललितपुर,ललितपुरको कुमारीपार्टीमा सञ्चालित ओमेगा स्कुलले सञ्चालन गरेको साताब्यापी खेलकुद सप्ताहको समापन कार्यक्रम सम्पन्न भएको छ ।

 

विद्यार्थीहरुलाई शैक्षिक क्रियाकलापसँगै शारीरिक विकास र विद्यार्थी सगँ भएका क्षमतालाई बाहिर उजागर गर्ने उद्येश्य सहित आयोजना गरिएको खेलकुद सप्ताह कार्यक्रममा दुईसय जना विद्यार्थी सहभागि भएका थिए ।

 

पुस १९ गते देखि पुस २४ गते सम्म सन्चालन भएको खेलकुद सप्ताहमा स्काउट मार्च पार्स देखि टेबुल टेनिस , ब्याडमिन्टन ,स्याक दौड , फुटसल , चेस , क्यारोमबोर्ड , वास्केटबल ,टग अफ वार लगायत हिट द पट तथा फाइन्ड द क्वाइन जस्ता रमाइला खेलहरु सञ्चालन गरिएको थियो ।

 

कार्यक्रममा  वेस्ट मार्च पास ,अनुशासन ,र सक्रिय सहभागिता विधाहरुमा समेत विद्यार्थी विच प्रतिष्पर्धा गराइएको थियो ।

खेलकुद सप्ताहमा उत्कृष्ठ खेलाडी र टिप लाई पुरस्कार वितरण गरिनुका साथै खेल अवलोकनका लागि अभिभावकहरुको समेत उत्साहजनक सहभागिता रहेको थियो