काठमाडौं, ६ मंसिर।आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १०५ रनको लक्ष्य पछ्याएको हङकङले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
हङकङको जितमा मारिको हिलले सर्वाधिक ४२ रन बनाइन् । त्यस्तै, क्यारी चन १७ र नताशा मिलेसले १६ रन जोडिन् । नेपालकी कविता कुँवर, सीता रानामगर र सबनम राईले समान एक विकेट लिए । यसअघि दुवईको आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १०४ रन बनाएको थियो ।नेपालका लागि सीता राना मगरले ४० रन बनाएकी थिइन् ।
यस्तै, इन्दु बर्माले ३१ जोडेकी थिइन् । हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक एक विकेट हात पारे ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ