ललितपुर, गोदावरी नगरपालिका वडा नं ५ लेलेका खेलाडी सम्मानित भएका छन् । कार्तिक१३ देखि २७ गते सम्पन्न ‘सेभेन ए साईड’ प्रथम मेयर कप फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरुलाई वडा नं ५ लेले ले सम्मान गरेको हो ।
प्रतियोगितामा गोदावरी नगरपालिकाका सबै वडाबाट २० वटा टिम सहभागि भएको थियो । कुल २० टिम मध्ये वडा नम्बर ३ गाेदावरी सँग वडा ५ लेलेले प्रतियोगिताको फाइनल खेल खेलेको थियो । जसमा वडा नम्बर ३ गोदावरीलाई ३–१ गोलले हराउँदै वडा नम्बर ५ लेलेले उपाधि हात पारेको थियो । उपाधिसँगै लेलेले एक लाख नगद समेत पाएको थियो ।
उक्त टिमको कोच राष्ट्रिय खेलाडी निकेश श्रेष्ठले गरेका थिए । उनले बेष्ट कोचको उपाधि समेत उचाले भने डिफेन्डर श्रीराम थापाले बेष्ट डिफेन्डरको उपाधि पाए ।
खेलाडीहरुलाई हौसला दिने उद्देश्यले वडा नम्बर ५ ले आज बुधबार एक कार्यक्रम बीच सम्मान गरेको हो ।
उक्त कार्यक्रममा वडा अध्यक्ष मिलन सिल्वालले प्रत्येक खेलाडीलाई खेलाडीको प्रोत्साहन स्वरुप व्यक्तिगत रुपमा जनही पाँच हजारको दरले रकम प्रदान गरेका थिए। उनले खेलकुद र खेलाडीको विकासका लागि वडा र नगरपालिकाबाट जस्तो सुकै सहयोग प्राप्त हुने बताए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ