काठमाडौँ, १० मङ्सिर।नेपालमा शुक्रबार २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७ हजार ८ सय २९ पिसिआर परिक्षणका क्रममा २ सय ४२ जना र २ हजार ६ सय १७ एन्टीजेन परिक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १५ हजार ९ सय ७९ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ३ सय २ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १ हजार ७ सय २२ संक्रमित निको भएका छन् । हाल नेपालमा ७ हजार २ सय ८७ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ