सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप २१३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

प्रकाशित समय: शनिवार, ०५ : ३८ बजे मंसिर ११ गते



थप २१३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौं, ११ मंसिर ।नेपालमा थप २ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

शनिबार ६ हजार ६ सय ३२ जनामा गरिएको परीक्षणमा २ सय १२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ५ सय २१ पुगेको छ ।

देशभर ३ सय २५ जना निको भएसँगै कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा हाल ७ हजार १ सय ५६ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।