काठमाडौं, १२ मंसिर । आइसीसी महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालले आज (आईतबार) अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्देछ ।
दुबईमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ । निर्णायक खेलको विजेता शीर्ष स्थानमा रहँदै आगामी वर्ष हुने टि २० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ ।
आईतबार नेपाल र यूएई दुबै टोली खेल जित्दै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छन् । यूएई ४ खेलमा ४ जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ । नेपाल ४ खेलमा ३ जित, १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ ।
नेपाललाई जित मात्रले पुग्दैन । रन रेटमा पनि ध्यान दिनुपर्ने हुन्छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउँदा कुवेतलाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । यूएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानलाई ४७ रन र कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ