काठमाडौं, १३ मंसिर । सोमबार नेपालमा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २३१ पीसीआर र २ हजार ६५७ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कुल संक्रमितको संख्या ८ लाख २१ हजार १ सय २१ जना पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ९४४ जना सक्रिय संक्रमित छन् । सोमबार २६४ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख २ हजार ६ सय ५३ पुगेको छ।
कोरोनाकै कारण १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन् । १५९ जना आइसीयू र ३७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ