काठमाडौँ, १८ मङ्सिर ।नेपालमा शनिबार २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ५ हजार २ सय ९५ पिसिआर परिक्षणका क्रममा २ सय २० जना र १ हजार ५ सय २ एन्टीजेन परिक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १७ हजार ९ सय ७९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ४० जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै थप ३ सय ९२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ४ हजार १ सय ८ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ७ सय ४४ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ