काठमाडौं, १९ मंसिर।सुदुरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले यू-१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा २१३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम २८ दशमलव तीन ओभरमा ९९ रनमै समेटियो । सुदुरपश्चिमका लोकेश बमले २५ रन बनाए । त्यस्तै कप्तान खडक बोहराले २१, शेर मल्लले १५ र नारायण जोशीले ११ रनको योगदान दिए ।लुम्बिनीका अजय चौहानले पाँच विकेट लिए । पाँच दशमलव तीन ओभर बलिङ गरेका अजयले २० रन खर्चिए । त्यस्तै दुर्गेश गुप्ताले तीन तथा मोहमद हुसैनले दुई विकेट लिए ।
यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउनुअघि २१२ रनको योगफल खडा गरेको थियो ।लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रन बनाएका थिए । देवले ९५ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । त्यस्तै विशालविक्रम कार्कीले पनि ६९ बलमा चार चौका र दुई छक्कासहित ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । दुर्गेश गुप्ताले ३२ र प्रज्वल थापाले २४ रन बनाए
सुदुरपश्चिमका आकाश चन्दले तीन विकेट लिएका थिए । यस्तै हेमन्त धामी र शेर मल्लले समान दुई विकेट लिँदा नरेन साउद र राहुल भण्डारीले एक/एक विकेट हात पारेका थिए ।प्रतियोगिताको प्लेयर अफ दि म्याच लुम्बिनीका अजय प्रधान, बेस्ट बलर लुम्बिनीकै मोहम्मद हुसेन, बेस्ट ब्याटर देव खनाल र प्लेयर अफ दि टुर्नामेन्ट लुम्बिनीकै मोहम्मद हुसेन भए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ