सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप २६५ जनामा कोरोना संक्रमण पुष्टि, ३५७ संक्रमित निको

प्रकाशित समय: सोमवार, ०४ : ४५ बजे मंसिर २० गते



थप २६५ जनामा कोरोना संक्रमण पुष्टि, ३५७ संक्रमित निको

काठमाडौं, २० मंसिर।नेपालमा सोमबार २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ७ हजार १ सय १४ पिसिआर परिक्षणका क्रममा २ सय ३८ जना र १ हजार ५ सय ३ एन्टीजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १८ हजार ४ सय ४९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ४३ जनाको कोरोना कारण मृत्यु भएको छ ।

 

त्यस्तै थप ३ सय ५७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ४ हजार ९ सय १ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ३ सय ८६ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।