काठमाडौं, २१ कात्तिक.आठौंपटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) का प्रशिक्षक फुजा तोपे नेपाल आइपुगेका छन् ।
मंगलबार नाईजेरियन नागरिक फुजा नेपाल झरेका हुन् । मनाङले यस सिजनका लागिसमेत प्रशिक्षक फुजासँग सम्झौता नविकरण गरेको थियो । तर, लिग नभएपछि उनि गृहनगर रहँदै आएका थिए । लिग हुने तयारी भएसँगै फुजालाई मनाङले नेपाल झिकाउने प्रयास गरे पनि सफल हुन सकेको थिएन । फुजालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मनाङका व्यवस्थापक रामबहादुर गुरुङ र टिम कोर्डिनेटर मिलन गुरुङ (ज्याक) ले स्वागत गरे ।
जारी लिगमा मनाङले तीन खेल खेल्दा टोलीको प्रशिक्षकमा राजेन्द्र तामाङ छन् । फुजाको आगमनपछि पनि मनाङको मुख्य प्रशिक्षकमा भने तामाङ नै रहनेछन् । फुजाले पछिल्लो दुई सिजनसमेत मनाङकै प्रशिक्षक रहेर काम गरेका थिए । २०७५ सालको लिगमा मनाङले कीर्तिमानी आठौंपटक लिग जित्दा फुजा टोलीको मूख्य प्रशिक्षक थिए ।यद्यपि, उनी ‘ए’ लाइसेन्स नभएका कारण पेपरमा ‘हेड कोच’ नभए पनि टोलीको मूख्य रणनीतिकारका रूपमा परिचित छन् । यस्तै मनाङले २०७७ सालको लिगमा समेत फुजालाई नै निरन्तरता दिएको थियो ।
यसअघि नेपालमा भएको पहिलो फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) मा उपविजेता धनगढी एफसीको प्रशिक्षक तथा रणनीतिकारको रूपमा फुजा नै थिए । मूख्य प्रशिक्षकमा भने युगल किशोर राई रहे । फुजाको आगमनसँगै मनाङले लिगमा आफ्नो दाबेदारीता अझै मजबुद हुने आशा गरेको छ । जारी लिगमा दुई जित र एक बराबरसहित मनाङ ७ अंक जोडेर दोस्रो स्थानमा छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ