सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप २८० जनामा कोरोना संक्रमण, ३६६ संक्रमित निको

प्रकाशित समय: बुधवार, ०५ : ५० बजे मंसिर २२ गते



थप २८० जनामा कोरोना संक्रमण, ३६६ संक्रमित निको

काठमाडौं, २२ मंसिर।नेपालमा बुधबार २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ९ हजार १ सय ६८ पिसिआर परिक्षणका क्रममा २ सय ५५ जना र ३ हजार ६ एन्टीजेन परिक्षणका क्रममा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १९ हजार ४४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

 

त्यस्तै थप ३ सय ६६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ५ हजार ५ सय ७१ संक्रमित निकोे भएका छन् । हाल नेपालमा ६ हजार २ सय ३९ सक्रिय संक्रमित आइशोलेशन र ९६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।