काठमाडौं, २२ मंसिर।नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछानेले सहभागी होबर्ट हुरिकेन्स पहिलो खेलमै पराजित भएको छ । यद्यपि, बुधबार भएको अस्ट्रेलियन फ्रेन्चाइज क्रिकेट- बिग बास लिगमा होबर्ट हुरिकेन्सको पहिलो खेलमा सन्दीपले एक विकेट लिए ।
आइतबारदेखि सुरू भएको लिगको पहिलो खेलमा सन्दीप सम्मिलित हुरिकेन्स सिड्नी सिक्सरसँग १४ रनले पराजित भयो । यद्यपि टोलीले पराजित हुँदा सन्दीपले औसत बलिङ गरे ।लन्चेस्टनस्थित औरोरा स्टेडियममा टस जितेर फिल्डिङ रोजेको हुरिकेन्सविरुद्ध सिड्नीले १४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सोही क्रममा आफ्नो पूरा चार ओभर बलिङ गरेका सन्दीपले २४ रन खर्चेर एक विकेट मात्र लिए ।
सिड्नीका लागि छैठौं नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका ड्यान क्रिस्चियनलाई सन्दीपले जोर्डन कक्सको हातबाट ब्याच आउट गराएका थिए । ड्यानले १० बलमा पाँच रन जोडेका थिए ।दोस्रो इनिङमा सन्दीपको हुरिकेन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३० रन मात्र बनाउँदा उनले ब्याटिङको मौका पाएनन् ।
सन्दीपको हुरिकेन्सले आगामी खेलमा शनिबार सिड्नीसँगै खेल्ने छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ