सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप २११ जनामा कोरोना संक्रमण पुष्टि, ३२९ संक्रमित निको

प्रकाशित समय: बिहिवार, ०४ : २० बजे मंसिर २३ गते



थप २११ जनामा कोरोना संक्रमण पुष्टि, ३२९ संक्रमित निको

काठमाडौं, २३ मंसिर।नेपालमा बिहीबार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ८ हजार १८ पिसिआर परिक्षणका क्रममा १ सय ९७ जना र १ हजार ४ सय ३३ एन्टीजेन परिक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १९ हजार २ सय ५५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ४९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

 

त्यस्तै थप ३ सय २९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ५ हजार ९ सय संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार १ सय ५ सक्रिय संक्रमित आइशोलेशन र ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।