सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

शनिबार थप २३६ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

प्रकाशित समय: शनिवार, ०७ : २६ बजे मंसिर २५ गते



शनिबार थप २३६ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं, २५ मंसिर।नेपालमा शनिबार २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ५ हजार ६ सय ७२ पिसिआर परिक्षणका क्रममा १ सय ९४ जना र ३ हजार ५ सय ६ एन्टीजेन परिक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १९ हजार ७ सय ५० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ५३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।]

 

त्यस्तै थप ३ सय ७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ६ हजार ५ सय ४४ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ८ सय ५३ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।