पोखरा : चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा सांस्कृतिक कार्यक्रम भएको छ। चिनियाँ पर्यटन व्यवसायीहरूको संगठन ओभरसिज चाइनिज एसोसिएसन पोखरा र पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सांस्कृतिक कार्यक्रम गरिएको हो। पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा शुक्रबार साँझ भएको सांस्कृतिक कार्यक्रममा चिनियाँ कलाकारले परम्परागत चिनियाँ पोसाकमा सजिएर गीत र नृत्य प्रस्तुत गरेका थिए।
करिब दुई दर्जन नृत्य र गीत प्रस्तुत गरिएको कार्यक्रममा नेपाली कलाकारले पनि परम्परागत नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै चिनियाँ राजदूत यु होङले नेपालको विकासमा चीनसँगै रहेको बताइन्। पछिल्लो समयमा चीनले नेपालमा सबैभन्दा धेरै लगानी गरेको बताउँदै उनले नयाँ संविधान बनेपछि नेपाल शान्ति र समृद्धिको बाटोमा जाने उनले विश्वास गरिन्।
नेपालमा पछिल्लो समयमा चिनियाँ पर्यटकको आगमन पनि बढेको तथ्यांक उनले सुनाइन्। सन् २०१७ मा नेपालमा एक लाख ३० हजार पर्यटक आएका छन्। यो तथ्यांक अहिलेसम्मकै उच्च हो। कार्यक्रममा बोल्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जीसीले चिनियाँ नयाँ वर्षको शुभकामना दिएका थिए। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले दुई देशको संस्कृति आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरी आउँदा दिनमा पनि चिनियाँ नयाँ वर्ष मनाइने ओभरसिज चाइनिज एसोसियसन पोखराका अध्यक्ष चाङ च्याङ सोङले बताए। चिनियाँ नयाँ वर्ष फेब्रुअरीमा पर्ने भए पनि त्यतिबेला यहाँ भएको चिनियाँ नयाँ वर्ष मनाउन व्यस्त हुने भएकोले पहिल्यै नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको उनले जनाए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ