सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

प्रकाशित समय: सोमवार, ०४ : ५३ बजे मंसिर २७ गते



थप ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौँ, २७ मङ्सिर।नेपालमा सोमबार थप ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको १० हजार ४ सय १६ पिसिआर परिक्षणका क्रममा ३ सय १३ जना र २ हजार ८ सय २० एन्टीजेन परिक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २० हजार ३ सय ४५ पुगेको छ । त्यस्तै कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ५७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

 

त्यस्तै थप ३ सय ७६ सक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ७ हजार १ सय ५४ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ८ सय २४ सक्रिय संक्रमित आइशोलेशन र ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।