सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप २८० जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

प्रकाशित समय: बुधवार, ०७ : २० बजे मंसिर २९ गते



थप २८० जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा बुधबार २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ९ हजार २ सय १२ पिसिआर परिक्षणका क्रममा २ सय ५२ जना र २ हजार ७ सय ८२ एन्टीजेन परिक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २० हजार ८ सय ८९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ६५ पुगेको छ ।

 

त्यस्तै कोरोनाका कारण थप ३ सय जना निको हुँदा हालसम्म नेपालमा ८ लाख ७ हजार ८ सय १६ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार ६ सय ३५ सक्रिय सक्रमित आइशोलेशनमा रहँदा ९५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।