सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप २९० जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

प्रकाशित समय: मगलवार, ०४ : ०७ बजे पुष ६ गते



थप २९० जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा मंगलबार २ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको १२ हजार ४ सय ७३ पिसिआर परिक्षणका क्रममा २ सय ५२ जना र ४ हजार ६ सय १६ एन्टीजेन परिक्षणका क्रममा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २२ हजार २ सय २७ पुगेको छ । त्यस्तै कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ७७ जनाको कोरोना कारण मृत्यु भएको छ ।

 

त्यस्तै थप २ सय ३२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ९ हजार ३ सय ८७ जना निको भएका छन् । हाल नेपालमा ५ हजार २ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र ९५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।