ललितपुर,आइ डब्लु एफ एन कराते डो संघ ठैब शाखाको आयोजनामा प्रथम ओत्सुका कप राष्ट्रिय वादो कराँते प्रतियोगिता सुरु भएको छ।
गोदावरी नगरपालिका वडा नम्बर १४ ब्लु बर्ड स्कुलको प्रांगणमा सुरु भएको खेलमा १४ जिल्लाका ३१४ जना खेलाडीहरूले सहभागिता जनाएका छन्।
३२ स्वर्ण पदकका लागि सुरु भएको खेलको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले गर्नुभयो।
ब्लु बर्ड स्कुल सहआयोजनामा भएको प्रतियोगितामा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, प्याब्सनका केन्द्रीय उपाध्यक्ष बिमल थापा, समाजसेवी जितेन्द्र श्रेष्ठ , विद्यालय व्यवस्थापन का अध्यक्ष गोकुल खड्का लगायतको उपस्थिति रहेको थियो।.jpg)
उक्त प्रतियोगितामा विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतबाट समेत रेफ्रीहरु उपस्थित भएका छन्।
फागुन ४ र ५ गते हुने प्रतियोगिताको रेफ्री संयोजन करातेका एसियन रेफ्री विसन मोतेले गर्नुहुने केन्द्रीय टेक्निकल कमिटीका अध्यक्ष चिन लामाले बताउनुभयो। 
छोटो समयमा कार्यक्रम तयारी गरिएको भएपनि खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको आइ डब्लु एफ एन का केन्द्रीय सदस्यसमेत रहेका कार्यक्रम संयोजक बुद्ध राज नेगीले बताउनुभयो।.jpg)
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ