काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ ।
नियमित जिन सिक्वेन्सिङका क्रममा बुधबार एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ओमिक्रोन पुष्टि भएका ९८ वर्षीय वृद्ध आफ्नै घरमा आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै बुधबार सात हजार २३३ नमूनाको पीसीआर परीक्षण गर्दा २१७ जना सङ्क्रमित फेला परेका छन् भने । चार हजार ४३ जनाको एन्टिजीन परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।
त्यसैगरी थप घण्टामा २७२ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । हाल चार हजार ९४८ होम आइसोलेसन र संस्थागत २३७ गरी पाँच हजार १८५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ