सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

मेक्सिकोमा शक्तिशाली भूकम्प

प्रकाशित समय: शनिवार, १० : १८ बजे फाल्गुन ५ गते



मेक्सिकोमा शक्तिशाली भूकम्प

दक्षिणी मेक्सिकोको वहाका राज्यमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। क्षतीको विवरण अहिलेसम्म प्राप्त भएको छैन। भूकम्पले त्यहाँदेखि झण्डै ३ सय किलोमिटर टाढा मेक्सिको सिटीमा रहेका भवनहरू समेत हल्लाएको थियो।

 

भूकम्पको धक्का महसुस भएपछि मेक्सिको सिटीमा अत्तलिएका हजारौं मानिसहरू सडकमा निस्किएका थिए। टेलिभिजन फूटेजमा मानिसहरू सडकतर्फ निस्किरहेको देखिन्छ।

 

उनीहरू एक अर्कालाई अंकमाल गर्दै रोएको र अंगालो हालेर बसेको अनि कतिपय अन्योलग्रस्त अवस्थामा रहेको देखिन्थ्यो।

 

भूकम्प पछि केही समय सवारीसाधन समेत सडकमै रोकिएका थिए। पछिल्लो धक्का महसुस हुँदा धेरैले गएको सेप्टेम्बर महिनाको जस्तै विनाशकारी भूकम्प आएको आशंका गरेका थिए। त्यसबेलाको भूकम्पमा झण्डै चार सयजनाले ज्यान गुमाएका थिए। बीबीसी