काठमाडौं, ८ पुस।सुदूरपश्चिम प्रदेशको जितसँगै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार भएको अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश २ लाई ८७ रनले पराजित गरेसँगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो ।
यसअघि समूह ‘ए’ बाट प्रदेश १ र लुम्बिनी प्रदेश तथा समूह ‘बी’ बाट एपीएफले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । बिहीबार नै हुने एपीएफ र गण्डकी प्रदेशबीचको खेलले समूह ‘बी ’को विजेता र उपविजेताको टुंगो लगाउनेछ । एपीएफ र सुदूरपश्चिमको समान चार अंक छ ।फाप्ला क्रिकेट मैदानमा १४४ रनको लक्ष्य पाएको प्रदेश २ निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ५६ रनमा समेटियो । प्रदेश २ कि साना प्रविनले १४ रन तथा विमला मगरले १२ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।
यसअघि सुदूरपश्चिमले विन्दु रावलको अर्धशतकमा निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १४३ रन बनाएको थियो । विन्दुले अविजित ५० रन जोडिन् । त्यस्तै रुबि पोदारले २१, डल्ली भट्टले १५ तथा कविता जोशी र संगीता धामीले समान १३ रन बनाए । प्रदेश २ का लागि विमला मगरले दुई विकेट लिइन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ