पोखरा, ९ पुस.प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशले छनोट खेल सुरु गरेको छ ।
काठमाडाैंमा हुने प्रतियोगितामा प्रदेशबाट सहभागी हुने खेलाडी छान्न जिल्लाबाट टोली झिकाएर पोखरामा प्रतिस्पर्धा गराइएको हो । उद्घाटन खेलमा कास्कीले तनहुँमाथि ४ विकेटको जित निकालेको छ ।खेलमा पहिला व्याटिङ गरेको तनहुँले निर्धारित ४० ओभर खेल्दै १ सय ८० रनको योगफल तयार पार्यो । तनहुँका अभिषेक बस्नेतले सर्वाधिक ७० रन बनाए । जितका लागि १ सय ८१ रनको लक्ष्य पछ्याएको कास्कीले ३० ओभर ४ बलमा ६ विकेट मात्रै गुमाएर लक्ष्य पूरा गर्यो ।
कास्कीका अनिल गुरुङले ७० तथा विद्यान श्रेष्ठले ६६ रन जोडे ।प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले खेलाडी निश्चित लक्ष्यका साथ खेल क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए । प्रतियोगितामा कास्की, तनहुँ, स्याङजा र नवलपुर गरि ४ टिमको सहभागिता छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ