काठमाडौं, ११ पुस।नेपालमा आइतबार २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७ हजार १ सय ८० पिसिआर परिक्षणका क्रममा २ सय १३ जना र २ हजार ४ सय ९७ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २३ हजार ४ सय २ पुगेको छ । त्यस्तै कोरोनाका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ५ सय ८५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप २ सय ८३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १० हजार ७ सय ८० संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय ६ सक्रिय संक्रमित आइशोलेशन र ९९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ