काठमाडौं, १२ पुस।हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।
तीन हप्ता अगाडि सार्वजनिक भएको पहिलो ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । निर्माण टिमले पहिलो ट्रेलर रिलिजको समयमा नै दोश्रो ट्रेलर पनि सार्वजनिक गर्ने घोषणा गरेको थियो । पहिलो ट्रेलरमा तर्साउने दृश्यहरु नभएको टिप्पणी भएको थियो, यद्यपी ट्रेलरको चौतर्फी तारिफ भइरहेको छ । दोस्रो ट्रेलरमा तर्साउने दृश्यहरु समावेश छन् ।
दोस्रो ट्रेलर हेर्दा फिल्मको मूल कथा नायक कर्माको वरीपरी घुमेको बुझ्न सकिन्छ । विविध परिस्थितिका कारण एक राजकुमारले एक विकट ठाउँको दरबारभित्र सामना गर्नुपरेका रहस्यहरु तथा अदृश्य शक्तिहरूबाट बच्नको लागि गरेको संघर्षको कथा ट्रेलरमा देखाइएको छ । २ मिनेट ९ सेकेण्डको ट्रेलरमा कर्माको अभिनयले ध्यान खिच्छ । ट्रेलरमा ब्याकग्राउन्ड स्कोर स्तरीय छ ।
भिमसेन लामा निर्देशित फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय छ । पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् भने सम्पदा मल्लले लेखेकी हुन् । अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले खिचेको फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ