एजेन्सी।बलिउड अभिनेत्री आलिया भट्टले सन् २०१२ मा आफ्नो फिल्मी करियरको सुरुवात करण जोहारको फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट गरिन् । दश वर्षे फिल्म करियरमा उनले कैयौं सफल फिल्ममा अभिनय गरिसकेकी छन् । उनी अहिले बलिउडको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा पर्छिन् ।
आलिया अभिनयका अलावा सामाजिक काममा उत्तिकै सक्रिय छिन् । उनी सामाजिक सञ्जालमार्फत प्रायः आफ्नो फ्यानलाई जनावरप्रति प्रेम गर्न प्रेरित गर्छिन् ।यिनै आलिया जनावरको अनुकुल फेसन उद्योगको समर्थनका लागि काम गरेकोमा पीपल फर द एथिकल ट्रीटमेन्ट अफ एनिमल्स (पेटा) को सन् २०२१ को ‘पर्सन अफ द ईयर’ घोषित भएकी छन् । आलियाले हालै फ्लेदरको फूल कम्पनीमा लगानी गरेकी थिइन् । यो कम्पनी मन्दिरमा फ्याकिएका फूलबाट शाकाहारी खानेकुरा बनाउने गर्दछ । अभिनेत्रीलाई शाकाहारी किड्सवियर लाइनले जनावर र प्रकृतिका लागि जनावरको बच्चालाई पोषण गर्न सहयोग गरेकोमा पेटाले उनलाई सन् २०२१ को ‘इण्डिया फेसन पुरस्कार’ पनि दिएको छ ।
आलिया विशेषत बिरालो र कुकुरको पक्षमा वकालत गर्छिन् । उनले मजबुत पशु संरक्षण कानूनका लागि कैयौं बुँदामा आवाज उठाइसकेकी छन् । आलियाले पेटा इण्डिया अभियानसँग जोडिएर काम गरिसकेकी छन्, जसले बिरालो र कुकुरलाई सहयोगको काम गर्छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ