सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप २६४ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

प्रकाशित समय: मगलवार, ०५ : २६ बजे पुष १३ गते



थप २६४ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं,१३ पुस।नेपालमा मंगलबार २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ८ हजार ५ सय ३६ पिसिआर परिक्षणका क्रममा २ सय ४१ जना र ४ हजार ३० एन्टीजेन परिक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ८८ जनाका मृत्यु भइसकेको छ । त्यस्तै थप २ सय ६० जना कोरोनामुक्त हुँदा नेपालमा ८ लाख ११ हजार २ सय ६५ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय १० सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।