सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रथम ओत्सुका कप कराँतेमा ८ स्वर्ण ६ रजत र १२ कास्य सहित ललितपुर च्याम्पियन घोषित

प्रकाशित समय: शनिवार, ०७ : ३७ बजे फाल्गुन ५ गते



प्रथम ओत्सुका कप कराँतेमा  ८ स्वर्ण ६ रजत र १२ कास्य सहित ललितपुर च्याम्पियन घोषित

ललितपुर, प्रथम अाेत्सुका कप राष्ट्रिय वादाे कराँते प्रतियोगिता २०१८ मा ८ स्वर्ण ६ रजत र १२ कास्य सहित ललितपुर जिल्ला टिम च्याम्पियन बनेकाे छ ।

 

फागुन ४ र ५ गते सम्पन्न उक्त राष्ट्रिय वादाे कराते प्रतियोगितामा काठमाडौं जिल्लाले ६ स्वर्ण ८ रजत र ६ कास्य सहित टिम दाेस्राे र ४ स्वर्ण २ रजत र ६ कास्य सहित मकवापुर जिल्ला टिम च्याम्पियन तेस्राे हुन सफल भएको छ ।

 

आइ डब्लु एफ एन कराते डाे संघ ठैब डाेजाेकाे अायाेजनामा र ब्लु बर्ड स्कुल ठैबकाे सह अायाेजनमा भएको प्रतियोगितामा १४ जिल्लाका ३१४ खेलाडीहरुकाे सहभागिता रहेकाे थियाे ।

 

प्रतियाेगितामा महिला तर्फ काठमाडौ जिल्लाका पुर्णिमा राना मगर र पुरुष तर्फ ललितपुरका साेनम थिङ उत्कृष्ट खेलाडी घोषणा भए भने ललितपुरका पुष्पराज नेगी र काठमाडौ का अाकृषा सापकोटा उदयमान खेलाडी घोषित भए ।

 

प्रतियोगितामा समापन समाराेह प्रमुख अथिति आइ डब्लु एफ एन कराते डाे संघका केन्द्रीय अध्यक्ष एवम् प्रदेश नं. ३का प्रदेशसभा सदस्य माननीय लक्ष्मण लम्साल, विशेष अतिथि नेपाल अाेलम्पिक कमिटीकाे उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे ब्लु बर्ड स्कुलका प्रिन्सिपल सुर्य कृष्ण श्रेष्ठ, कार्यक्रम संयाेजक वुद्धराज नेगी, केन्द्रीय टेक्निकल कमिटी अध्यक्ष चिन लामा लगायतका अथितिहरुबाट विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।

 

कार्यक्रममा कराते संघका केन्द्रीय अध्यक्ष माननीय लक्ष्मण लम्साल र विशेष अतिथि पुरेन्द्र विक्रम लाखेलाई ठैव शाखाले विशेष सम्मान गरेको थियाे । त्यस्तै आइ डब्लु एफ एन करातेका विभिन्न जिल्लाहरूमा डाेजाे संचालन गरिरहेका प्रशिक्षकहरु समेत सम्मान गरिएको थियाे ।