काठमाडौं, १५ पुस।नेपालमा बिहीबार थप २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ६ हजार ८ सय १४ पिसिआर परिक्षणका क्रममा २ सय ३५ जना र २ हजार ८३ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २४ हजार ३ सय ९८ पुगेको छ । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ९० जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै २ सय २८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ११ हजार ७ सय ४६ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ८ सय ७१ सक्रिय संक्रमित आइशोलेशन र १०३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ