काठमाडौँ, १६ पुस।सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आजदेखि सातौं चरणका खेल हुँदैछन् ।
लिगको सातौं चरणमा आज सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच पहिलो खेल हुनेछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने यो खेल दिउँसो १ बजे सुरु हुनेछ । एपीएफ ६ खेलमा ५ अङ्क मात्र जोडेर ११ औं स्थानमा छ । आर्मी भने ६ खेलमा १० अङ्क जोडेर चौंथो स्थानमा छ । यस्तै दोस्रो खेलमा दिउँसो पौने ५ बजे फ्रेन्ड्स क्लब र न्युरोड टिम एनआरटीबीच खेल हुनेछ । ६ खेलमा ३ अङ्क जोडेको फ्रेन्ड्स क्लब पुछारमा छ । एनआरटी ६ खेलमा ७ अङ्क जोडेर आठौं स्थानमा छ । लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ