सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप २३५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

प्रकाशित समय: शुक्रवार, ०४ : ५५ बजे पुष १६ गते



थप २३५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं, १६ पुस।नेपालमा शुक्रबार २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ७ हजार ८ सय ८५ पिसिआर परिक्षणका क्रममा २ सय २४ जना र १ हजार १ सय ९९ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ९४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय १२ संक्रमित निको हुँदा हालसम्म ८ लाख ११ हजार ९ सय ५८ जना निको भएका छन् । हाल नेपालमा ४ हजार ८ हजार ७९ सक्रिय संक्रमित आइशोलेशन र १०३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।