काठमाडौं, १९ पुस।माैरिसससँग हुने दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियाेगिताका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रारम्भिक चरणमा ३४ खेलाडी बोलाएका छन् । अल्मुताइरीकाे सिफारिसमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी सहिद स्मारक ए डिभिजन लिगमा सहभागी ११ क्लब र एक विदेशी लिग खेलिरहेका खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएको हो ।
प्रशिक्षक अल्मुताइरीले नेपाल पुलिस क्लबका गोलरक्षक शत्रुधन चौधरीसहित सात नयाँ खेलाडीलाई पनि पहिलो पटक प्रारम्भिक छनोटमा स्थान दिएका छन् । ११ क्लबका खेलाडीले पहिलो अफ्रिकन प्रतिद्वन्द्धीविरुद्धको सुरूवाती अभ्यासमा मौका पाउँदा ब्रिगेड ब्वाइज क्लब (बीबीसी), फ्रेण्ड्स र च्यासल युथ क्लबका कुनै पनि खेलाडीले स्थान बनाउन सकेनन् ।
जारी लिगको सातौँ चरणबाट एएफसी कपमा नेपालको प्रतिनिधित्व गरेको मच्छिन्द्रबाट सर्वाधिक सात खेलाडीले स्थान बनाएका छन् । यस्तै, मनाङ मर्स्याङ्दी क्लब, न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी फुटबल क्लबबाट समान चार खेलाडी रहेका छन् ।
नेपाल पुलिस क्लब र नवप्रवेशी सातदोबाटोबाट समान तीन खेलाडीले स्थान पाउँदा हिमालयन शेर्पा क्लब, जावलाखेल युथ क्लब र थ्री स्टारबाट समान दुई खेलाडी छन् ।विभागीय टोली एपीएफ फुटबल क्लब, संकटा क्लब र माल्दिभ्सको माजिया क्लबबाट १–१ खेलाडी छन् ।
प्रशिक्षक अल्मुताइरीले नेपाल पुलिसका गोलरक्षक शत्रुधन चौधरी, जावलाखेलका गोलरक्षक टेकेन्द्र थापा, एनआरटीका कृतिशरत्न छुन्जु र नवीन गुरुङ, सातदोबाटोका आकाश बुढा मगर, सुदीप गुरुङ र सुशील राईले पहिलो पटक स्थान बनाए ।
३४ सदस्य टोलीमा रोहित चन्द इन्डोनेशियन लिगमा व्यस्त रहँदा टोलीमा सहभागी हुने छैनन् । यस्तै, चोट बोकेका नवयुग श्रेष्ठ र विकास खवास पनि सुरुवाती चरणमा स्थान बनाउन सकेनन् । यसअघि नेपाली टोलीको प्रतिनिधित्व गरिसकेका भरत खवास, विक्रम लामा, रन्जित धिमाल, अजित भण्डारी, रवि पासवान, अभिषेक रिजाल, त्रिदेव गुरुङ, छिरिङ गुरुङ, विकेश कुथुले अल्मुताइरीको ३४ सदस्यीय टोलीमा स्थान बनाउन सकेनन् ।
कुन क्लबका कति खेलाडी
७–मच्छिन्द्र : विशाल श्रेष्ठ, विमल घर्तीमगर, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, सुनील बल, देभेन्द्र तामाङ
४–मनाङ मर्स्याङ्दी : अन्जन विष्ट, दिनेश राजवंशी, नीतिन थापा, पुजन उपरकोटी,
४–एनआरटीः एरिक विष्ट, दर्शन गुरुङ, कृतिशरत्न छुन्जु, नवीन गुरुङ,
४–आर्मीः दिनेश हेम्जन, गौतम श्रेष्ठ, सन्तोष तामाङ, सुमन अर्याल,
३–नेपाल पुलिसः शत्रुधन चौधरी, सुमन लामा, तेज तामाङ
३–सातदोबाटोः आकाश बुढा मगर, सुदीप गुरुङ, सुशील राई,
२–हिमालयन शेर्पाः दीप कार्की, कमल थापा,
२–जावलाखेलः टेकेन्द्र थापा, सुरज जिउ ठकुरी,
२–थ्री स्टारः आयुष घलान, अनन्त तामाङ
१–एपीएफः आशिष लामा,
१–संकटाः सुवास गुरुङ
१–माजियाः किरणकुमार लिम्बू
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ