काठमाडौं, २० पुस।नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान ले विभिन्न कारण देखाएर आफुलाई कप्तानबाट हटाउदा दुख लागेको बताउनुभएको छ ।
मंगलबार टियु क्रिकेट मैदान मंगलबार संचारकर्मीसँग कुरा गर्दै मल्लले विभिन्न आरोपहरु लगाएर हटाउदा दुख लागेको बताउनुभएको हो । आफुले धेरै बर्ष क्रिकेटलाई दिएको र बिना कारण विभिन्न कुराहरु निकालेर आरोप लगाउनु दुखको बिषय भएको उहाको भनाई छ । क्यानलाई आफुहरुले सदैव सम्मान गर्ने भन्दै उहाले बोर्डको बिरुद्धमा जाने, बोर्डलाई निच बनाउने कहिले नरहेको जिकिर गर्नुभयो । मल्लले आफु सधै कप्तान बन्न नआएको र आफु सधै देशको लागि र आफ्नो लागि खेल्ने बताउनुभयो । मल्लले वर्गीकरणकै कारण क्यान र खेलाडीबीच समस्या उत्पन्न भएको पनि बताउनुभयो । नेपाली क्रिकेट अघि बढाउन एक जुट भएको भन्दै उहाले टिमका खेलाडीबीच कुनै मनमुटाब नभएको उल्लेख गर्नुभयो ।
असन्तुष्ट खेलाडी र क्यानबीच सहमति भएपछि आसन्न ग्लोबल छनोटका लागि सबै सबै खेलाडी बन्द प्रशिक्षणमा जुटेका छन । खुट्टाको चोटका कारण सागर ढकाल र हाल बिग ब्यास लिगका लागि अष्ट्रेलियामा रहेका सन्दिप लामिछाने बाहेक सबै खेलाडी मंगलबारबाट प्रशिक्षणमा फर्किएका छन । यसअघि क्यानले कारवाहीमा राख्दै कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दिपेन्द्रसिंह ऐरीलाई हटाएको थियो भने सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि ६ महिना केन्द्रिय सम्झौतामा नराख्ने निर्णय गरेको थियो ।
त्यसपछि उत्पन्न भएको विवादमा बारम्बारको छलफलपछि क्यान र खेलाडीले केहि लचकता अपनाउँदै विवाद समाधानमा पुगेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ