सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि, २३९ संक्रमित कोरोनामुक्त

प्रकाशित समय: बुधवार, ०५ : २० बजे पुष २१ गते



थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि, २३९ संक्रमित कोरोनामुक्त

काठमाडौं, २१ पुस।नेपालमा बुधबार थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ६ हजार ७ सय १५ पिसिआर परिक्षणका क्रममा ३ सय ७० जना र ३ हजार ५ सय ५२ एन्टीजेन परिक्षणका क्रममा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २६ हजार ३ सय ८५ पुगेको छ । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा हालसम्म ११ हजार ६ सय १ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

 

त्यस्तै थप २ सय ३९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख १३ हजार १ सय ७६ जना निको भएका छन् । हाल नेपालमा ५ हजार २ सय २५ सक्रिय संक्रमित आइशोलेशनमा र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।