काठमाडौं, २३ पुस।सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि आठौं चरणका खेल सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज पहिलो खेलमा सङ्कटा र सातदोबाटो क्लब खेल्नेछन् । ७ खेलबाट १३ अङ्क जोडेको सङ्कटा तालिकाको तेस्रो स्थानमा छ भने ७ खेलबाटै ८ अङ्क जोडेको सातदोवाटो तालिकाको सातौं स्थानमा छ । आजको खेलमा सङ्कटा विजयी भए दोस्रो स्थानको मनाङ मस्र्याङदीसँग तथासातदोवाटो विजयी भए चौथो स्थानको त्रिभूवन आर्मीसँग अङ्क बराबरी गर्नेछन् ।
आजै दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ ६ अङ्कसहित तालिकाको दशौं स्थानमा छ भने ७ अङ्कसहित जावलाखेल नवौं स्थानमा छ । सातौं चरणको नतिजाले एएफसी प्रेसिडेन्ट कप छनोट खेल्न पाउने टिमको टुङ्गो लगाएको छ । अब बाँकी चरणका खेलहरुले उपाधि र रेलिगेशनको छिनोफानो हुने छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ