एजेन्सी । निर्माता करण जोहारको फिल्म ‘कुछ कुछ होता हे’ बलिउडको आइकनिक फिल्ममा पर्दछ । यो फिल्मलाई दर्शकले अहिले पनि उत्तिकै मनपराउँछन् । फिल्ममा प्रेम र दोस्तीसँगै कलेज जीवनलाई निकै रोमाञ्चक किसिमले प्रस्तुत गरिएको छ । फिल्मले बक्सअफिसमा कमाईको हरियो झण्डामात्र गाडेन, फिल्मले फेसनको दुनियाँमा एउटा नयाँ ट्रेण्ड सेट गरिदियो । जुन फेसन शैली अहिले पनि उत्तिकै लोकप्रिय छ ।
फिल्ममा अभिनेता शाहरुख खान नेक चेन लगाएर युवतीहरुलाई फ्रेन्डसिप बेण्ड बाँध्ने चरित्रमा देखिएका छन् । यसमा अभिनेत्री काजोलको हेयर बेण्ड निकै लोकप्रिय भएको थियो । काजोलले आधा फिल्ममा हेयरबेण्ड लगाएकी छन् । उनले हेयरबेण्ड लगाउनुको कारण उनको लुक्सलाई पूर्णता दिन भने पक्कै थिएन । यसको कारण अर्कै थियो । जुन रहस्यलाई वर्षौपछि करण जोहारले हालैमात्र खुलाएका छन् ।
हालैमात्र काजोल र करण अभिनेता रणवीर सिंहको शो ‘द बिग पिक्चर’मा उपस्थित भएका थिए । यो उपस्थितिमा करणले ‘कुछ कुछ होता हे’मा काजोलको हेयरबेण्डसँग जोडिएको एक रोचक कथा सुनाएका थिए । करणका अनुसार काजोलले आफ्नो कपालको समस्या समाधान गर्नका लागि हेयरबेण्ड लगाउनु परेको थियो ।
‘फिल्मको कथा अनुसार अञ्जलीले हेयरबेण्ड लगाउनुपर्ने अवस्था थिएन । तर काजोलको विगमा समस्या थियो, जुन समाधान भइरहेको थिएन । त्यहीकारण हेयरबेण्डको प्रयोग विगलाई ‘फिक्स’ गर्नका लागि गरिएको थियो । हेयरबेण्डका कारण विग सही स्थानमा रहेको थियो । यही एक्सिडेण्टल हेयरबेण्ड एक्सपेरिमेन्ट पछि गएर फेसन ट्रेण्डमा लोकप्रिय बन्यो’, करणले भनेका छन् । फिल्ममा रानी मुखर्जीको पनि अभिनय थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ