काठमाडौं, २६ पुस।नेपालमा सोमबार १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ८ हजार ९ सय ६५ पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ५७ जना र २ हजार ४ सय ६४ एन्टीजेन परिक्षणका क्रममा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ६ जनाको मृत्यु भएको छ ।
त्यस्तै थप २ सय ५५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १४ हजार ४ सय ८५ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ८ सय ५५ सक्रिय संक्रमित आइशोलेशन र १ सय १३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ