काठमाडौं,युनिभर्सल क्याफे सुकेधारामा भएको एक विवाहमा भोज खाँदा जन्ती सहित २०० जना बिरामी भएका छन्।
गत फागुन १२ गते भएको एक विवाह समारोहमा खुवाइएको खानाका कारण जन्ती बिरामी परेका हुन्। धेरैलाई सामान्य पखाला र ज्वरो आएको भएपनि ५० भन्दा बढी आफन्तहरु अस्पताल नै भर्ना हुनु परेको बेहुला पक्षले बताएका छन्।
''कस्तो खाना खानु पर्यो ? भोलिपल्टबाट हल्का ज्वरो आएको र डायरिया भएको बेहुलाका पिता हरि पौडेलले बताए।'' क्याफेको खानाका कारण डायरिया भई बेहुलाका पिता आफै अस्पताल भर्ना भएका थिए।
विवाहमा भोज खाइसकेपछि बच्चालाई अस्पताल भर्ना गर्नुपरेको सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका घर भई हाल कपन बस्ने बल्देव तिमल्सिनाले बताए।
भोज खाएको भोलिपल्टबाट छोरालाई लगातार पखाला लागेको थियो- उनले भने ।आफ्ना छोरालाई नजिकको इशान अस्पतालमा भर्ना गरि थप उपचारकोलागि कान्ति बाल अस्पताल लगिएको बताए। कान्ति अस्पतालमा लगातार पाँच दिन उपचार गराएपछि छोरालाई घर लगेको उनले बताए।
उक्त क्याफेमा खाएको बासी खानाका कारण फुड पोइजन भई बिरामी भएको हुन सक्ने उपचारमा संलग्न डाक्टर बताउछन्।
घटना एक हप्ताअगाडिको भएपनि केही बिरामी अझै अस्पतालमा भएका कारण सोधीखोजी गर्दा खानाका कारण बिरामी हुनु परेकोले यसबारे समाचार बाहिर ल्याउनु परेको बेहुला आफन्त बताउँछन्।
विभिन्न पार्टी र भोजमा हुने भोजनको नियमित अनुगमन नहुँदा यस्तो समस्या आउने गरेको उपभोक्ता हित संरक्षण मञ्चका माधव तिमल्सिनाले बताउनुभयो।
सरकारी तथा गैरसरकारी निकायको समन्वयमा समय समयमा अनुगमन हुने गरेतापनि पार्टी चलेको समयमा अनुगमन गर्दा पार्टी तथा भोजमा सहभागी हुनेहरुमा त्रास फैलाउने गरेको समेत बताउनुभयो।
उहाँले सम्बन्धित पीडित पक्षले आपूर्ति व्यवस्थापन विभाग तथा जिल्ला प्रशासन कार्यालयमा निवेदन हाले त्यस्ता ठाउँहरुमा अनुगमन छानविन गर्ने र पीडितहरुलाई क्षतिपुर्ति समेत उपलब्ध गराउँदै त्यस्ता अखाद्य वस्तु खुवाउने होटल रेस्टुरेन्ट क्याफे तथा पार्टी प्यालेसको लाइसेन्स समेत रद्द गर्न सक्ने कानुनी व्यवस्था रहेको जानकारी गराउनुभयो।
युनिभर्सल क्याफेका राजधानीमा विभिन्न शाखाहरु समेत रहेको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ