सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

युनिभर्सल क्याफेको समाचार प्रति सञ्चालकले गरे खण्डन, हामी ग्राहकको सेवामा समर्पित छौ

प्रकाशित समय: शुक्रवार, १० : ४७ बजे फाल्गुन २५ गते



युनिभर्सल क्याफेको समाचार प्रति सञ्चालकले गरे खण्डन, हामी ग्राहकको सेवामा समर्पित छौ

काठमाडौ फाल्गुन, युनिभर्सल क्याफेका संचालक केशर  बहादुर श्रेष्ठले यस विद्युतीय सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै त्यसको खण्डन गरेका छन्।

 

उनले २०७४ साल फागुन १९ मा प्रकाशित समाचारमा "युनिभर्सल क्याफेको खानाले जन्ती बिरामी, ५० भन्दाबढी अस्पताल भर्ना "भन्ने शीर्षक दिएर युनिभर्सल क्याफेको बारेमा गलत र भ्रामक समचार प्रकाशित गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

 

उक्त समाचारमा युनिभर्सलले वासी खाना खुवाएर बिरामी परेको भन्ने भ्रामक समाचारको घोर भत्सना र खण्डन गर्दछौं, किनकि उक्त दिन वेहुलीपक्षबाट ९० जनालाई शाहाकारि खाना अर्डर दिएकोमा अडरभन्दा बढी पाहुना आउँदा बफे नै बन्द गरेर पटक-पटक ताजा खाना बनाई खुवाईमा बासी खाना हुने सम्भावना नै छैन, संचालक श्रेष्ठद्वारा हस्ताक्षरित खण्डन प्रकाशित गरी दिने सम्बन्धी पत्रमा उल्लेख छ।

 

पत्रमा क्याफे विगत १५ वर्षदेखि स्वच्छ सफा र स्वस्थकर खाना खुवाउदै ग्राहक सेवामा समर्पित रहेको अवगत गराउन चाहन्छौं यसरी अनवरत रुपमा ग्राहकको स्वास्थ्यलाई विशेष ध्यान दिँदादिँदै हामीबाट अन्जानमा बाहिरबाट ल्याइएको बस्तु (खाद्य सामग्री)बाट त्रुटि भएमा हामी सम्पूर्ण युनिभर्सल परिवार क्षमाप्रार्थी छौं खण्डन पत्रमा उल्लेख गरिएको छ।

 

केही दिनअघिमात्र युनिभर्सल क्याफेमा खाना खाएका बेहुला पक्षका आफन्तले खानाका कारण बिरामी भएको भन्दै समचार प्रकाशित गरिदिन हाम्रो यस मिडिया सञ्चार डटकम समाचार पठाएका थिए।