सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

विदुर घिमिरेको तेस्रो एल्बम 'माया नमार हे कान्छी' बजारमा

प्रकाशित समय: सोमवार, ०९ : ०७ बजे चैत्र ५ गते



विदुर घिमिरेको तेस्रो एल्बम 'माया नमार हे कान्छी' बजारमा

ललितपुर। गायक विदुर घिमिरेको तेस्रो एल्बम 'माया नमार हे कान्छी माया नमार' बोलको गित भर्खरै बजारमा आएको छ।

 

जे .आर.सी. मिडियाले उत्पादन गरेको गीतको शब्द तथा संगीत ज्ञान बहादुर खड्काले गरेका हुन्।

 

अडियोसंगै भिडियो पनि एकैसाथ सार्वजनिक भएको गीतको अभिनय जीवनाथ घिमिरे, राजकुमार वि.क. र रोजी कुवँरले गरेका छन्।

 

गीतसंगीतमा रुचि राख्दै सांगीतिक क्षेत्रमा पृथक पहिचानका साथ निरन्तर लम्किरहेका गायक घिमिरे आशालाग्दो कलाकार पनि हुन् ।

 

विभिन्न एल्बममा गरी २ दर्जन भन्दा बढी गीत गाइसकेका गायक घिमिरेको स्वरलाई रुचाउने दर्शकले यसपटक बिल्कुलै नौलो अनुभव गर्न पाउनेछन्।

 

विदेशमा श्रम गर्ने नेपाली दाजुभाईको मायाप्रीतिका कुरालाई समेटेर तयार पारिएको गीतमा मार्मिक स्वर भरेका गायक घिमिरेले यस अगाडिका एल्बम जस्तै यो गीतमा पनि दर्शक स्रोताको मन जित्न सफल हुनेमा आफु विश्वस्त रहेको बताए।

 

भिडियो हेर्नुहोस्-