सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप ४९६१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

प्रकाशित समय: आइतवार, ०४ : ५६ बजे माघ २ गते



थप ४९६१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं, २ माघ । नेपालमा आइतबार ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको १२ हजार ५ सय ७३ पिसिआर परिक्षणका क्रममा ४ हजार ५ सय ३४ जना र २ हजार ५ सय ६९ एन्टीजेन परिक्षणका क्रममा ४ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ५५ हजार २ सय ६ पुगेको छ ।

 

त्यस्तै कोरोनाका कारण हालसम्म नेपालमा ३ जनाको मृत्यु भएको छ । हालस्म्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय २० जनाले ज्यान गुमाएका छन् । त्यस्तै गत २४ घण्टामा ४ सय ३५ जना निको भएका छन् । हाल मुलुकभर २५ हजार ६ सय ८० सक्रिय संक्रमित आइशोलेशन र १ सय २१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।