सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

शानको संगीतमा भारतिय गायक अनुग्रहले गाए नेपाली गीत ‘नशा’

प्रकाशित समय: आइतवार, ०४ : ५९ बजे माघ २ गते



शानको संगीतमा भारतिय गायक अनुग्रहले गाए नेपाली गीत ‘नशा’

काठमाडौं, २ माघ ।अमेरिकाको डलासमा छायांकन भएको नेपाली गीत ‘नशा’को भिडियो रिलीज भएको छ । शान भुसालको शब्द तथा संगीतमा बनेको यस गीतमा भारतका प्रसिद्द गायक अनुग्रह बिष्टको स्वर रहेको छ । ‘नशा’को रेकर्डिंग मुम्बईको बी.बी.जे. स्टुडियोमा भएको थियो ।

 

लुसेन्ट फिल्मको ब्यानरमा निर्मित गीतको भिडियोका निर्देशक बिकास बराईली हुन् भने सह निर्देशक प्रज्ज्वल वाईवा हुन् । भिडियोमा जोर्ज ओटेरो, एलेक्सजेन्ड्रीया पास्कुसी, अंकित शर्मा र दिपेश आचार्यको अभिनय रहेको छ । भिडियोको छायांकन तथा सम्पादन समेत निर्देशक बराईलीले नै गरेका छन् ।

 

गीतको भिडियोलाई ‘म्यूजिकल फिल्म’को रुपमा एक कथा सहित उतारिएको संगीतकार भुसालले बताए । भिडियोमा एक युवकको कारण पतिपत्निको सम्बन्धमा आएको समस्या र त्यसबाट घटेको घटनाको कथा देखाईएको छ ।संगीतकार भुसालले ‘जदौ’ नामक चलचित्रमा समेत संगीत दिएका छन् ।