सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

रसुवागढी जलविद्युतको सुरुङ खन्ने काम ७७ प्रतिशत पुरा

प्रकाशित समय: बुधवार, ०७ : १७ बजे चैत्र ७ गते



 रसुवागढी जलविद्युतको सुरुङ खन्ने काम ७७ प्रतिशत पुरा

चैत्र ७ रसुवा जिल्ला निर्माणनाधिन १११ मेगावाड रसुवागढी जलविद्युतको हेडरेस सुरुङ को काम ७७ प्रतिशत पुरा भएको छ ।

 

४२ सय मिटर लम्बाई ३३ सय मिटर खन्नेकाम पुरा भएको आयोजनाका प्रमुख छवि गैह्रले बताउनु भयो । १३ अर्व ६४ करोड ४० लाख रुपैयाको लागतमा सन् २०१४ बाट उक्त आयोजनाको निर्माण कार्य अगाडी बढेको हो ।

 

३ ओटा टरवाइनबाट वार्षिक ६१ करोड ४० लाख युनिट विद्युत उत्पादन हुने सो आयोजना सन् २०१९ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

 

सबै संरचना भुमिगत भएको र विद्युत गृह निर्माण भोटेकोशीमा बाध बाध्ने पेनस्टक पाइप राख्ने सुरुङ लगाएतका काम द्रद रुपमा अगाडी बढिरहेको आयोजनाका प्राविधिक टिका पौडेलले बताउनु भयो ।

 

विद्युत आयोजना निर्माणको लागी २० प्राविधिक सहित ३०० भन्दा बढि कामदारले अध्ररात्र काम गरि रहेका छन ।

 

हेडरेस सुरुङको बाट प्रतिसेकेल ८० घनमिटर पनि विद्युत गृहमा जाने कार्यरत प्राविधिक हरु बताउछन । रसुवामा निर्माण भएका र निर्माण हुनेमा अहिले सम्म २२ मेगावाट चिलिमे र १११ मेगावाड रसुुवागढी जलविद्युत आयोजना मात्र रहेका छन ।

 

उता रसुवाको साङजेन ५७ मैलुङ ५ र त्रिशुली थिएको विद्युत गृह भने वाहिरी सतहमै रहने डिजाइन भएको छ ।