काठमाडौं, ४ माघ।विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री (पीएम) कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।जितका लागि १५६ रनको लक्ष्य पछ्याएको बागमती निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०५ रनमा सीमित भयो । बागमतीका आदिल खानले सर्वाधिक २७ रन बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २३ रनको योगदान गरे ।
पुलिसका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक पाँच विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले १० रन खर्चिए । यस्तै सागर ढकालले दुई तथा आरिफ शेखले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५५ रनको विजय लक्ष्य प्रस्तुत गर्याे । पुलिसका ओपनर पवन सर्राफले अर्धशतकीय इनिङ खेले । पवनले ५४ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ५९ रन बनाए । यस्तै दिलीप नाथले ३१ रन जोड्दा अनिल साहले २५ रन बनाए ।
बागमतीका नन्दन यादव र रिजन ढकालले समान दुई-दुई विकेट लिँदा प्रतिस जिसीले एक विकेट लिए । दोस्रो सेमिफाइनलमा एपीएफ र आर्मी भिड्नेछन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ