काठमाडौं, ४ माघ।पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।
मंगलबार भएको सेमिफाइनलमा बागमतीलाई हराउदै पुलिस फाइनलमा पुगेको हो भने आर्मीलाई हराउदै एपीएफ पनि फाइनलमा पुग्न सफल भएको हो । टियु क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्योे । जितका लागि १ सय ५६ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित ओभरमा ८ विकेट गुमाउदै १ सय ५ रनमा सिमित भएपछि पुलिसको जित सुनिश्चित भएको हो । बागमतीका लागि आदिल खानले सर्वाधिक २७ रनको योगदान गरे । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन जोड्यो ।
त्यस्तै दोस्रो सेमिफाइनल अन्तर्गत टियु क्रिकेट मैदानमा अर्का विभागिय क्लब त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो । एपीएफले दिएको २ सय ३१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा आर्मी १ सय ८३ रनमै सिमित भयो । आर्मीले ९ विकेट गुमायो ।आर्मीका लागि राजेश पुलामीले २१ बलमा सर्वाधिक ३८ रन जोडे । यस अघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै २ सय ३० रन जोड्यो ।फाइनल खेल बुधबार हुने छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ