सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

एकैदिनमा थप ११,३५२ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: बुधवार, ०४ : ५२ बजे माघ ५ गते



एकैदिनमा थप ११,३५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ५ माघ।नेपालमा बुधबार ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको १८ हजार ७८ पिसिआर परिक्षणका क्रममा ९ हजार ५ सय २ जना र ५ हजार ३ सय ३१ एन्टीजेन परिक्षणका क्रममा १ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय २८ जनाको ज्यान गएको छ ।

 

त्यस्तै थप ६ सय १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १८ हजार १ सय ६० जना निको भएका छन् । हाल नेपालमा ४७ हजार ९ सय २९ सक्रिय संक्रमित आइशोलेशन र १ सय २६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।