सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

एकैदिनमा थप १२,३३८ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: बिहिवार, ०५ : ४९ बजे माघ ६ गते



एकैदिनमा थप १२,३३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ६ माघ।नेपालमा बिहीबार १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको २१ हजार ७ पिसिआर परिक्षणका क्रममा १० हजार ५२ जना र ६ हजार ४ सय ९० एन्टीजेन परिक्षणका क्रममा २ हजार २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९५ हजार ८ सय ८८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ३२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

 

त्यस्तै थप ६ सय ४९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १८ हजार ८ सय ९ जना निको भएका छन् । हाल नेपालमा ५७ हजार ३ सय २८ सक्रिय संक्रमित आइशोलेशन र १ सय २५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।